Logo
२३ भाद्र २०८१, आईतबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई अहिलेसम्म विवाहका लागि कुनै केटा नै पाएको छैन : अमिषा पटेल

बलिउड अभिनेत्री अमिषा पटेलले आफू विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिँदै ४९ वर्षीया अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिँदै आफू धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।

उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- , ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’

सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म कहो ना प्यार है बाट बलिउडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि गदर र गदर-२ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् ।

उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् । साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्‍यो भने काम गर्ने बताएकी छन् ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्