Logo
८ आश्विन २०८१, मंगलबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरु भयो नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक

काठमाडौँ  । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौँमा सुरु भएको छ ।

राजधानीमा सुरु बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ आइतबार नै काठमाडौँ आइपुगेका छन् ।

चीनको तर्फबाट मन्त्री वेइतोङ र नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साले बै‌ठकको नेतृत्व गरेका छन् । बैठकमा नेपाल–चीन बिच शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, जलस्रोत लगायतको विषयमा छलफल हुने बताइएको छ ।

विभिन्न समयमा भएको उच्च स्तरीय भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयन पक्षबारे बैठकमा समीक्षा समेत हुने बताइएको छ । साथै दुई देश बिचको सम्बन्धका हरेक पाटोको बारेमा बारेमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । उनले भने, ‘नेपाल–चीनको बिचमा समग्र विषयमा छलफल हुन्छ ।’

बैठकमा परराष्ट्रमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

असार ५ गते चीनमा संयुक्त विज्ञ समूहको बैठक बसेको थियो । त्यसमा सीमालगायतका विषयमा विस्तृत छलफल भएको थियो । त्यहाँ भएको छलफलको विषयमा पनि अहिले सामान्य कुराकानी हुने बताइएको छ ।

विज्ञ समूहको बैठकले सीमा विवादलगायतको विषयमा उच्च स्तरीय छलफल गरेर चाँडो टुंगो लगाउने सहमति भएको छ । अब नेपालमा दुई पक्षको बिचमा उच्च स्तरीय छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्