Logo
१८ पुस २०८१, बिहीबार
(June 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनका उपविदेशमन्त्री वेइडोङ आज नेपाल आउने

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। मंगलबारदेखि काठमाडौँमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् । बैठकमा दुई देशबिचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबिच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनियाँ सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।

बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई शीघ्र सम्पन्न गर्नेबारे समेत छलफल हुने परराष्ट्रले जनाएको हो ।

यसैबिच तीन दिने नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता समेत गर्ने छन् । संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Jun 24, 2024

प्रतिक्रिया दिनुहोस्