Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरूद्ध डुम्रे-बेसीसहर सडक एकतर्फी खुल्यो

सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे-बेसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।

आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मेघनाथ चापागाइँले जानकारी दिए।

शनिबारदेखि परेको पानीले बेसीसहर नगरपालिका-१ दलालमा बिहान पहिरो खस्दा यातायात ठप्प भएका थिए।

‘बिहानै सडक विभागको मेसिनले पहिरो पन्छाएपछि अहिले एकतर्फी सञ्चालन हुने व्यवस्था मिलाइएको छ,’ इन्स्पेक्टर चापागाइँले भने।

सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको थियो।

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्