Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

काठमाडाैँ । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको पार्टीले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको निर्णयअनुरूप सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिइन्।

‘गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ। साथै नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिसकेको समेत जानकारी गराइन्छ,’ काफ्लेले विज्ञप्तिमा भनेकी छिन्।

लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेको जसपा नेपाल केन्द्रमा विभाजन भएपछि टुक्रिएको छ । जसमध्ये २ सांसद अशोक राई नेतृत्वको जसपातिर लागेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक छ। जसमा जसपा नेपालका १ सांसद रहेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री जोखबहादुर महरालाई बहुमतमा समस्या छैन ।

महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, अशोक राई नेतृत्वको जसपाका २, एकीकृत समाजवादीका १ र १ जना स्वतन्त्र सांसद गरी ४७ सांसदको समर्थन कायम छ।

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्