Logo
५ आश्विन २०८१, शनिबार
(June 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

७ असार, काठमाडौं । पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् ।

सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्