Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा सुनुवाइ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ ।  उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो ।

बहसका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकका तर्फबाट अनुपम भट्टराईले बहस गरिसकेका छन् भने त्यसपछि अधिवक्ता रमण कर्णले बहस गरिरहेका छन् । उनीपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् ।

बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले सहकारी प्रकरणको अनुसन्धान गर्न गठन गरिएको संसदीय छानबिन समितिलाई कसरी हेर्ने भन्दै प्रश्न गरेकी थिइन् । साथै महान्यायाधिवक्ताको पत्र वैधानिक छ कि छैन  भनेर उनले बहसमा सहभागी अधिवक्ताहरूलाई प्रश्न सोधेकी थिइन् ।

रिटकर्ताको तर्फबाट बहस सकिएपछि सरकार र लामिछानेका वकिलले बहस गर्नेछन् ।

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्