Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म्याङ्गो फेस्ट’ सुरु, यी स्थानबाट खरिद गर्न सकिन्छ विषादीरहित आँप

काठमाडौँ । नेपाली आँपलाई बजारीकरण गर्नका लागि ‘म्याङ्गो फेस्ट’सुरु भएको छ । किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले संयुक्त आयोजना गरेको  ‘म्याङ्गो फेस्ट’ तीन दिनसम्म जारी रहनेछ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ सो मेला आयोजना भएको हो ।

मेलामा सर्लाही, सप्तरी र सिराहाका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५ प्रजातिका आँप प्रदर्शनीमा राखिएको छ ।

आँपको मेला पानीपोखरीस्थित वालनट विस्ट्रो, काठमाडौँ अर्ग्यानिक, उत्पला क्याफे बौद्ध, द गार्डेन झम्सिखेलमा लागेको छ । सो स्थानबाट रसायनरहित आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू बिक्री गर्न सकिने छ ।

सो मेलाबाट ग्राहकले आँप, अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका सामाग्री खरिद गर्न सक्नेछन् ।

आयोजक सदस्य भुवन केसीका अनुसार मेलामा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत आँप सस्तोमा खरिद गर्न सकिने छ ।

सो मेलामा बिक्री गरिने आँप प्राकृतिक रूपले पाकेको र विषादीसहित रहेको उनको दाबी छ । ‘म्याङ्गो फेस्ट २०८१’ नेपालमा पहिलो पटक आयोजना भएको आयोजकको दाबी छ ।

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्