Logo
५ आश्विन २०८१, शनिबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीबी राईको लोकेसन पत्ता लागेको छ, नेपाल ल्याउने कोसिस भइरहेकाे छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को लोकेसन पत्ता लागेको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राईको मलेसियाको लोकेसन पत्ता लागेको र नेपाल ल्याउने प्रयास भइरहेको बताएका छन् ।

‘हामीले जीबी राईको लोकेशन पत्ता लगाइसकेका छौँ । ऊ कहाँ छ भन्ने हामीलाई थाहा छ । मलेसियाका गृहमन्त्रीजीले पनि कन्फर्म गर्नुभएको छ । नेपाल ल्याउन हामीले कोसिस गरिरहेका छौँ ।’, गृहमन्त्री लामिछानेले भने ।

त्यस्तै उनले मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले उनलाई नेपाल ल्याउन समस्या भइरहेको बताएका छन् । ‘मेरो दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ, आजभन्दा ३÷४ दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएकाले कूटनीतिक पहलमा समस्या भएको छ । तपाईंहरूले नतिजा पाउनुहुन्छ ।’

जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा साझेदार भएर काम गरेको भन्दै गृहमन्त्री रवि लामिछाने समेत सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति: Jun 20, 2024

प्रतिक्रिया दिनुहोस्