Logo
८ आश्विन २०८१, मंगलबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफलमा विनानिश्कर्ष सकियो

काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच सङ्घीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विनानिश्कर्ष सकिएको छ ।

सभामुख देवराज घिमिरेको निवासमा बिहीबार भएको छलफल बिना निश्कर्ष सकिएको हो ।  ‘छलफल भयो तर कुनै सहमति हुन सकेन । कर्मचारीका माग तत्काल सम्बोधन हुन सक्ने देखिएन’, स्रोतले भन्यो।

यसअघि कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गरेका थिए । संसद्का कर्मचारीहरू अतिरिक्त कामको थप सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरुले बुधबार र बिहीबार ५ बजेपछि संसद चल्दा ब्ल्याक आउट गर्दै आएका छन् ।

बजेटमाथि संसदमा महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएर छलफल चलाएका हुन् ।

प्रकाशित मिति: Jun 20, 2024

प्रतिक्रिया दिनुहोस्