Logo
२३ भाद्र २०८१, आईतबार
(June 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुधको भुक्तानी माग्दै प्रदर्शन गरेका किसानहरू नियन्त्रणमा (तस्बिरहरू)

दुधको भुक्तानी माग गर्दै प्रदर्शनमा उत्रिएका किसानहरूलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो लैनचौरबाट किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

किसानहरूलाई बुधबार बिहान पनि सोही ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणबाट छुटेलगत्तै उनीहरूले पुन: प्रदर्शन गरेका थिए।

सो क्रममा ३० जनाभन्दा बढी किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले तत्काल दुधको भुक्तानी दिन सरकारसँग माग गरेका छन्।

किसानहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ पनि गरेका थिए।

दुग्ध उत्पादक किसानहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन सकेका छैनन्।

दुधको भुक्तानीलगायत विभिन्न मागसहित पटक-पटक गरेको सम्झौता र सहमतिसमेत कार्यान्वन नभएको उनीहरूले बताएका छन्।

बुधबार नै बसेको प्रतिनिधि सभा बैठकमा पनि सांसदहरूले दुधको भुक्तानी समयमै दिन सरकारको ध्यानाकर्षण गराएका थिए।

तस्बिरहरू:

प्रकाशित मिति: Jun 19, 2024

प्रतिक्रिया दिनुहोस्