Logo
११ आश्विन २०८१, शुक्रबार
(June 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैरसरकारी संस्थाको सहयोगमा कार्यक्रम गर्ने विषयमा सतर्क रहन संसदीय समितिका सचिवहरूलाई निर्देशन

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गैरसरकारी संस्था एनजिओ र आइएनजिओहरूले संघीय संसद अन्तर्गतका समिति तथा सचिवालयलाई सहयोग गरेको विषयमा सर्तकता अपनाउन सबै समितिका सचिवहरूलाई ध्यानाकर्षण गराएका छन्।

महासचिव पद्मप्रसाद पाण्डेयले सबै समितिका सचिवहरूलाई पत्र पठाएर एनजिओ र आइएनजिओको सन्दर्भमा आउने गुनासाबारे सतर्क रहन भनेका  हुन्।

पत्रमा सांसदहरूको संलग्नता, एनजिओ र आइएनजिओले कार्यक्रम गर्दा कानुन निर्माण एवं निर्णय प्रक्रियामा समेत प्रभाव पारेको गुनासा सुनिने गरेको उल्लेख छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा असार २ गते गैरसरकारी संस्था नेसनल फोरम अफ पार्लियमेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपिपिडी) अभियानले खाजाको व्यवस्था गरेको थियो।

उक्त घटनापछि समितिमा रहेका सांसदहरूले सभापति रामहरि खतिवडालाई बैठक रोक्न दबाब दिएका थिए। त्यस्तै, गृहमन्त्री रवि लामिछानेले बैठक हल छाडेर हिँडेका थिए।

samsadpatra-1718703838.jpg

प्रकाशित मिति: Jun 18, 2024

प्रतिक्रिया दिनुहोस्