Logo
११ आश्विन २०८१, शुक्रबार
(June 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कबाड व्यवसायीहरूको प्रदर्शन गरिखान देऊ सरकार ! (तस्वीरहरू)

४ असार, काठमाडौं । कबाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले रिङरोडभित्र सञ्चालित कबाड संकलन केन्द्र हटाउने निर्णय गरेर आफूहरूलाई गरिखान नदिएको कबाड व्यवसायी संघर्ष समितिको आरोप छ।

थापाथलीबाट महानगरसम्म प्रदर्शन गरेका उनीहरूले गरिखान देऊ सरकार, छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर जस्ता प्लेकार्ड बोकेका थिए ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन महानगर लागिपरेको व्यवसायीहरूको भनाइ छ ।

महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।

कबाड व्यवसायीहरूले आइतबार र सोमबार पनि महानगर विरुद्ध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: Jun 18, 2024

प्रतिक्रिया दिनुहोस्