Logo
१३ पुस २०८१, शनिबार
(June 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र हड्तालमा उत्रिएका ट्यांकर चालकबीच सहमति

काठमाडौँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । सरकारसँगको वर्तापछि पेट्रोलियम पदार्थको ढुवानी गर्न चालकहरु सहमत भएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनाेज ठाकुरले समझदारी भएकाे र इन्धन  वितरणमा भएकाे हड्ताल हटेकाे  बताए । ठाकुरका अनुसार आन्दाेलनमा उत्रिएका मजदुरहरुकाे माग सम्बाेधन गर्न एक समिति गठन गरिएकाे छ । उक्त समितिले श्रमिकहरुकाे मागका सम्बन्धमा १५ दिनभित्र प्रतिवेलन पेस गर्ने र त्यसैका आधारमा माग सम्बाेधन गरिने समझदारीपछि हड्ताल फिर्ता भएकाे हाे ।

निगमका नायब कार्यकारी निर्देशक विरेन्द्र गाेइतकाे संयाेजकत्वमा बनेकाे समितिमा मन्त्रालय र आन्दाेलनरत मजदुर चालक संगठनबाट १ जना सदस्य छन् ।

सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्ने, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग  राख्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले आन्दोलन गरेको थियो ।

उनीहरुले ढुवानी ठप्प पारेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पेट्रोल पम्पमा सवारीको अत्यासलाग्दो लाइन लागेको छ ।

इन्धन ढुवानी गर्न ट्याङ्कर चालकहरु सहमत भएसँगै केही समयमै सहज रुपमा

प्रकाशित मिति: Jun 17, 2024

प्रतिक्रिया दिनुहोस्