Logo
२३ भाद्र २०८१, आईतबार
(June 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार १५ गतेसम्म सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने लघुवित्त पीडितको चेतावनी

काठमाडौँ । सरकारले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलन गर्ने जनाएको छ ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरि सहमति गरेपनि सहमति कार्यान्वयन गर्न वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति बिपरित लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगाएतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए । उनले असार १५ गतेसम्म आफुहरुको माग पुरा नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरद्ध देशव्यापी मसाल जुलुससंगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै आएका छन् ।

प्रकाशित मिति: Jun 13, 2024

प्रतिक्रिया दिनुहोस्