Logo
७ आश्विन २०८१, सोमबार
(June 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको  तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

प्रकाशित मिति: Jun 12, 2024

प्रतिक्रिया दिनुहोस्