Logo
१२ पुस २०८१, शुक्रबार
(June 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय मन्त्रिपरिषद् पुर्नगठनको तयारी : जनमत र नागरिक उन्मुक्तिलाई एक/एक मन्त्रालय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । एमालेर-माओवादीले लिएका १-१ मन्त्रालय जनमत र नागरिक उन्मुक्तिलाई दिएर सरकार पुर्नगठन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठनको बारेमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।

उच्च श्रोतका अनुसार यसै साताभित्र मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नेगरि प्रचण्ड अघि बढेका छन् । एमालेले पनि केहि मन्त्री हेरफेर गर्ने तयारी थालेको छ ।

आइतबार नै मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी भएपछि प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन गएपछि केही दिनका लागि धकेलिएको थियो ।

माओवादी केन्द्रले भने अर्थमन्त्रीबाहेक अरु सबैलाई फिर्ता डाकेर नयाँलाई अवसर दिने तयारी गरेको छ । प्रचण्डले पुनबाहेक सबैलाई फिर्ता बोलाएर नयाँलाई पठाउनेछ ।

माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुनसँगै पर्यटनमन्त्री हितबहादुर तामाङ, सञ्चारमन्त्री रेखा शर्मा, परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ र उर्जामन्त्रीमा शक्रि बस्नेत छन् ।

यसपटक प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठनमा फ्रेस अनुहारलाई प्राथमिकता दिने भएका छन् । संसद्मा ३२ सीट जितेको माओवादीले नयाँलाई अवसर दिएमा पहिलो नम्बरमा माधव सापकोटा छन् ।

सापकोटालाई  सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । सरकारको नेतृत्व गरिरहेको दलले नै सञ्चार मन्त्रालय लिने प्रचलन रहेको हुँदा सापकोटा सो मन्त्रालयमा जाने करिब निश्चित जस्तै भएको बताईन्छ ।

सापकोटासँगै लेखनाथ दाहाल ,  महेन्द्रबहादुर शाही, सूर्यमान दोङ र गंगाकुमारी बेलवासे लगायतका नाम चर्चामा रqहेका छन् ।

प्रकाशित मिति: Jun 11, 2024

प्रतिक्रिया दिनुहोस्