Logo
७ आश्विन २०८१, सोमबार
(June 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश मन्त्रीमण्डल विस्तार : छैटाैँ पटक मन्त्री बने दीपक मनाङे

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटा र मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मन्त्रीमण्डलमा देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रुपमा शपथ लिएका छन् भने मनाडेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रुपमा शपथ लिएका हुन् । मनाङे योसँग ६ पटक मन्त्री बनेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति: Jun 11, 2024

प्रतिक्रिया दिनुहोस्