Logo
७ आश्विन २०८१, सोमबार
(June 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कार मुद्दामा दोषी ठहरिएका न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडाैँ । बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सजाय तोकिएको छ । गत जेठ १३ गते काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेका उनलाई सात वर्ष कैद सजाय सुनाइएको हो ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई दोषी ठहर गरेपनि सोमबार न्यायाधीश दुर्गाबहादुर भुसालकोको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवाना र सात वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेकै बेला न्यायाधीश गिरीविरुद्ध उनकै पत्नि आरती रावलले मुद्दा दायर गरेकी थिइन् । यसअघि जिल्ला अदालत र उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । चैत २१ गते सर्वोच्चका न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले धरौटीमा छाड्ने जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनी थुनामा पुगेका थिए ।

गिरीकी पत्नीले आफूूमाथि बलत्कार भएको भन्दै गिरीविरुद्ध जोहेरी दिएकी थिइन् । सूरु देखिनै जोहरी दर्ता नगरेको, पक्राउ नगरेको भन्दै आन्दोलन गर्दै आएकी गिरीकी पत्नीले पक्राउपछी धरोटीमा छाड्ने अदालतको आदेशमा पनि असहमती जनाउँदै आन्दोलन गरिरहेकी थिइन् ।

प्रकाशित मिति: Jun 11, 2024

प्रतिक्रिया दिनुहोस्