Logo
७ आश्विन २०८१, सोमबार
(June 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरले बन्द गर्यो रत्नराज्य माध्यामिक विद्यालयले भाडामा लगाएका सटर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउँदै ताला लगाएको हो । यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो ।

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायीक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीति अनुसार ताला लगाएको जानकारी दिए । महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए ।

यसअघि महानगरले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको थियो ।

प्रकाशित मिति: Jun 10, 2024

प्रतिक्रिया दिनुहोस्