Logo
७ आश्विन २०८१, सोमबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

धनगढी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको  छ । मेलाको उद्घाटन गदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलता र रोजगारीको लागि अहिले अति  आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बिच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे । मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशेढुङ्गा साबित हुने उनको भनाइ छ । निजी क्षेत्र  तथा सरकार मातहतका निकायहरूले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारी भने सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर सञ्चालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ । ‘वैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपाङ्गता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने । मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसंग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे । साथै आन्तरिक पुजी र उत्पादन वृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ ।

उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्त्वपूर्ण हुने धारणा राखिन् । यस्ता रोजगार मेला बर्सेनि आयोजन  गर्न आवश्यक रहेको उनको भनाई थियो । युवाहरू वैदेशिक रोजगारीमा जानेक्रम बढेको अवस्थामा जमिन जग्गाहरु बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहाँ धेरै अवसर पाइने मन्त्री थापाले बताइन् ।

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारबारे कसरी जानकारी लिने भन्ने उद्देश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । मेलामा १२ वटा सरकारी र २७ निजी क्षेत्रका गरी ३७ वटा स्टलहरू रहेका छन् ।

यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणीकरण र पूर्व सिकाई मान्यताको भूमिका,अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा, सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर लगायत सात वटा सामूहिक छलफल तथा कार्यशाला पनि सञ्चालन गरिँदै छ ।

श्रमाधान मेला जेठ  १७ देखि कोशी  प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गेत बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ ।

प्रकाशित मिति: Jun 9, 2024

प्रतिक्रिया दिनुहोस्