Logo
७ आश्विन २०८१, सोमबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

काठमाडाैँ । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अड्किएका १४ खच्चरमध्ये उद्धारका क्रममा २ खच्चरको मृत्यु भएको छ । पुलको जाली काटेर खोलामा खसाएर उद्धार गर्ने क्रममा खच्चरको मृत्यु भएको पाइएको हो ।

अड्किएका खच्चरको उद्धार गर्ने क्रममा ९ वटाको सकुशल उद्धार भएको र २ वटाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले सिधाकुरालाई जानकारी दिएको छ । ‘पछिल्लो अपडेटअनुसार हालसम्म ९ खच्चरको उद्धार भएको छ । २ खच्चर उद्धार गर्ने क्रममा मृत फेला परेका छन् ।’, निमित्त प्रजिअ गणेश प्रशाद कोइरालाले भने, ‘२ खच्चरको पानीमा झार्दा मृत्यु भएको कि माथि नै पुलमा मृत्यु भयो भन्ने बारे एकिन भएको छैन ।’ त्यस्तै अन्य खच्चर जटिल अवस्थामा रहेको र सुरक्षा निकायको सहयोगमा उद्धार प्रयास भइरहेको कोइरालाले बताएका छन् ।

आइतबार बिहान करिब साढे ९ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर पुलमै अडकिएका थिए ।

अडकिएका खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर डुंगा र अन्य माध्यमबाट उद्धार प्रयास भइरहेको छ ।

प्रकाशित मिति: Jun 9, 2024

प्रतिक्रिया दिनुहोस्