Logo
११ पुस २०८१, बिहीबार
(June 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको शपथग्रहण समारोहमा भाग लिन ७ सदस्य टोली सहित भारत जाँदै प्रधानमन्त्री दाहाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार भारत जाने भएका छन् ।

आइतबार बिहानको फलाइटबाट सो समारोहमा भाग लिन ७ सदस्य टोली सहित प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । प्रधानमन्त्रीको टोलीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी हुनेछन् ।

त्यसैगरी परराष्ट्र सचिव सेवा लम्साल, शिष्टाचार महापाल विष्णु प्रसाद गौतम र प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाल रहने छन् ।

मोदीले आइतबार साँझदेखि भारतीय प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु गर्दैछन् ।

प्रकाशित मिति: Jun 8, 2024

प्रतिक्रिया दिनुहोस्