Logo
२३ भाद्र २०८१, आईतबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले साे कुरा बताएका हुन् ।

लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए ।  उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा समितिका सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन समेत दिएकी छन् ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्