Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेन लक्षित ओलीको टिप्पणी : भैंसीलाई चार लात हानेँ भनेर झिंगा दंग पर्छ

२४ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेको टिप्पणीको जवाफ दिएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गिरीबन्धु टी-इस्टेटबारे बालेनले गरेको टिप्पणीबारे ओलीलाई सोधेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘भैंसीलाई ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिंगा दंग परेको हुन्छ, चार लात हानें यसपल्ट भनेर ।’

उनले आफू अनावश्यक विवादमा पर्न नचाहेको बताए । ओलीले भने, ‘यत्ति भन्छ, राष्ट्रिय राजनीतिलाई परिपक्क, जिम्मेवार र सभ्य राजनीतिमा लैजानुपर्छ, असभ्य होइन ।’

सञ्चारकर्मीहरूले शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित टिप्पणीबारे समेत प्रश्न गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति कसैसँग सम्बन्धित नभएको दाबी गरे । ‘संयोगले कसैसँग नाम मिले जस्तो पनि लाग्दैन, वतन ठेगाना मिले जस्तो पनि लाग्दैन’ उनले भने, यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।’

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्