Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रंगेलीमा नगर प्रहरीमाथि आक्रमण, ६ जना विद्यार्थी पक्राउ

२५ जेठ, विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् ।

विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीले आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्करउा पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ ।

प्रहरीका प्रवक्ता डीएसपी बस्नेतका अनुसार विद्यार्थीहरूले नगरपालिकामा तोडफोड पनि गरेका छन् । विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूहले हातपात गरेको थियो ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्