Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतिको हत्या गरेर नेपाली सेनाका जवान फरार

दाङ । दाङमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि  फरार भएका छन् । तुलसीपुर उपहानगरपालिका – ६ मा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले आफ्नै श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि खुकुुरीसहित फरार भएका हुन ।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतिको हत्या पछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा खोजी भइ रहेको उनको भनाइ छ । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्