Logo
२३ भाद्र २०८१, आईतबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री

२४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ ।

समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । यी मन्त्रालयका सचिव पनि छलफलमा उपस्थित हुनेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला समेतलाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको छ । यसअघि यो विषय बजेटमा आए पनि कार्यान्वयन हुन सकेको छैन ।

कांग्रेस सांसद आरजु राणा सभापति रहेको कृषि समितिको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: Jun 6, 2024

प्रतिक्रिया दिनुहोस्