Logo
७ आश्विन २०८१, सोमबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिणकाली दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुल्याे

काठमाडौँ । बुधबार साँझ काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युरुष र महिलाको सनाखत भएको छ । दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेहरुमा धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सविना राई रहेका छन् ।

बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो । तत्पश्चात अनुसन्धानका लागि सो स्थानमा प्रहरी वृत्त कीर्तिपुरको टोली खटिएको थियो । घटनास्थलको मुचुल्का भएपछि विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरीसहितको संयुक्त टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थाबाट उनीहरुको शव निकालेको थियो।

बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरु नजिकै फेला परेका कारण उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी उनीहरु कहाँ जाँदै गरेका थिए र कसरी भयो दुर्घटना भन्ने विषयको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 6, 2024

प्रतिक्रिया दिनुहोस्