Logo
७ आश्विन २०८१, सोमबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने मुल नारा

ललितपुर । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने मुल नाराको साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाई गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागी नगर प्रहरी परिचालन कार्यक्रम सुभारम्भ गरेको छ ।

महानगरले आज एक कार्यक्रम गर्दै घर घरमा नगर प्रहरी कार्यक्रम सुरु गरेको जानकारी गराएको हो । घर घरमा नगर प्रहरी कार्यक्रमको समुदघाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगरप्रति नाता अझ नजिक हुने बताए ।

दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।

प्रकाशित मिति: Jun 6, 2024

प्रतिक्रिया दिनुहोस्