Logo
७ आश्विन २०८१, सोमबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सुनसरी अध्यक्षको भारतमा मृत्यु

२४ जेठ, विराटनगर । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ ।

आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

नेकपा एमाले सुनसरीका युवा नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ  । उनलाई मंगलबार भारत लगिएको थियो ।

खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनले खेमराज पोखरेललाई अध्यक्षमा पराजित गरेका थिए ।

प्रकाशित मिति: Jun 6, 2024

प्रतिक्रिया दिनुहोस्