Logo
६ माघ २०८१, आईतबार
(June 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो भाग्य नै यस्तै छ, ‘सहकारी ठग’को ट्याग बोकेर हिँड्नुपरेको छ : रवि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती समेत रहेका उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने बताएका हुन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कयौंपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताए ।

गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको उल्लेख गरे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने बताए ।

उनले भने, ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो ।

जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो ।

अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । मेरो भाग्य यस्तै छ । ठीकै छ, मेरो भाग्यसँग लड्दै गरौंला । तर त्यो भन्दा ठूलो त तपाईंको अधिकार लागि म लड्नुछ । म त्यसमा स्पष्ट छु ।’

 

प्रकाशित मिति: Jun 5, 2024

प्रतिक्रिया दिनुहोस्