Logo
७ आश्विन २०८१, सोमबार
(June 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यकर्तालाई प्रचण्डको प्रश्न : अर्को लिडर खोज्ने मन छ र ?

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै केही वर्ष पार्टीको नेतृत्व नछाड्ने प्रष्ट संकेत गरेका छन् । माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले नेतृत्वको पक्षमा उभिन समेत नेता कार्यकर्तालाई आग्रह गरे ।

माओवादी एकढिक्का हुने हो भने आफ्नो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना रहेको उनले बताए । ‘हामीभित्र भाँडभैलो भयो चाहिँ गाह्रो छ’ उनले भने, ‘त्यसकारण आफू पनि भाँडभैलो नगर्नुहोला, अरुलाई पनि गर्न नदिनु होला ।’

पार्टी, विचारसँगै नेतृत्वको पक्षमा उभिने नेता कार्यकर्ता मात्र महान हुने उनको दाबी छ । ‘अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ?’ उनले नेता कार्यकर्तालाई प्रश्न गरे, ‘खोजेर हुने भएको भए त अस्ति न भइसक्यो । मैले नेतृत्व छोड्ने बेलामा धेरैभन्दा धेरै नेता उत्तराधिकारी बनेर आओस् भन्ने म चाहन्छु ।’

नेतृत्वलाई धारो हात लगाउनेहरु कसैको भए पनि महान नहुने भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘उनले अगाडि भने, म सधैं नेता भइराख्ने होइन, अब त केही वर्ष न हो ।’

प्रकाशित मिति: Jun 5, 2024

प्रतिक्रिया दिनुहोस्