Logo
७ आश्विन २०८१, सोमबार
(June 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरेक दिन विपद्को प्रेस बुलेटिन : सम्पर्कका लागि ११४९ टोल फ्रि नम्बर खुला

२३ जेठ, काठमाडौं । सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो जानकारी दिएका हुन् ।

विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सोही कमान्ड पोस्टले प्रेस बुलेटिन निकाल्ने उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुुसार विपद्‌मा खटिने पत्रकार र स्वयम्‌सेवकहरूलाई आवश्यक तालिन दिन पनि लागिएको  छ । जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको पनि उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुसार यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान छ । यस अनुसार तयारी गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको पनि जानकारी दिए ।

विपद्को पूर्व तयारीको विषयमा राजनीतिक दलहरूसँग समेत छलफल गर्न लागिएको उनले बताए । गृहमन्त्री लामिछानेका अनुसार शुक्रबार सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।

प्रकाशित मिति: Jun 5, 2024

प्रतिक्रिया दिनुहोस्