Logo
६ माघ २०८१, आईतबार
(June 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आज लोकसभाको मतगणना हुँदै : मोदी नेतृत्वको NDA गठबन्धन निकै अगाडी

छिमेकी देश भारतमा लोकसभा निर्वाचनको सबै ५४२ (एक निर्वाचित) लोकसभा सीटहरूको मतगणना आज मंगलबार बिहानदेखि सुरु भएको छ ।

सुरत लोकसभा सीटमा भारतीय जनता पार्टी बीजेपीले यसअघि नै निर्विरोध विजय हासिल गरिसकेको छ।

मतगणनाको रुझानमा बिजेपी नेतृत्वको एनडीए गठबन्धन  र भारतीय कंग्रेस नेतृत्वको विपक्षी दलहरुका इन्डिया गठबन्धनबीच चुनावी प्रतिष्पर्धा देखिएपनि मत परिणाममा NDA गठबन्धन निकै अगाडी छन् ।

एनडीए गठबन्धनको जीतसँगै बर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्नेछन् ।

बिविसि हिन्दीका अनुसार कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा इभिएमबाट सिधै मतगणना सुरु हुनेछ । १७ औं लोकसभाको कार्यकाल १६ जुनमा सकिँदैछ। यसअघि यसरी सात चरणमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताए । जसमध्ये महिला मतदाताको संख्या ३१.२ करोड रहेको छ । औसतमा कुल मतदान ५८ दशमलव ५८ प्रतिशत भएको छ ।

पहिलो चरणमा २१ राज्यमा १०२ सिट
दोस्रो चरणमा १३ राज्यमा ८८ सिट
तेस्रो चरणमा १२ राज्यमा ९४ सिट
चौथो चरणमा १० राज्यमा ९६ सिट
पाँचौं चरणमा ८ राज्यमा ४९ सिट
छैटौं चरणमा ७ राज्यमा ५८ सिट
सातौं चरणमा ८ राज्यमा ५७ सिट

प्रकाशित मिति: Jun 4, 2024

प्रतिक्रिया दिनुहोस्