Logo
५ माघ २०८१, शनिबार
(June 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ महानगरले भत्काएको न्युरोडको बाटो सडक विभागले पिच गर्यो

न्यूरोडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक किनारा सडक विभागले पीच गरेको छ। सो क्रममा सडक विभागका कर्मचाी, महानगर प्रहरी र अन्य व्यक्तिहरुबीच केही विवाद भएको थियो ।

सोमबार बिहान सडक विभागको टोली न्यूरोड पुगेर महानगरले भत्काएको सडक किनारामा ग्राभेल भर्ने, कालोपत्रे हालेको हो ।

काठमाडौँ महानगरपालिकाले फुटपाथ मापदण्ड भन्दा कम भएको भन्दै मुख्य सडकको किनारा काटेर फुटपाथ विस्तार गर्न लागेको थियो ।

साथै महानगरपालिकाले यसअघिनै सडक विभागलाई पत्र काटेर फुटपाथ विस्तारका विषयमा जवाफ मागेपनि सडक विभागले कुनै जवाफ नदिएको महानगरको मेयर बालेन्द्र साह बालेनले नगर समितिको बैठकमा बताएका थिए ।

साथै दैनिक एक लाख पैदल यात्रु हिड्ने फुटपाथ मापदण्ड अनुरुप नभएको भन्दै मापदण्ड अनुसारको फुटपाथ बनाउनका सडक काटिएको जवाफ दिएको थिए ।

त्यसपछि गत शुक्रबार विभागले बालेनसँग जवाफ माग्दै कानुनी प्रक्रियामा जाने बताएको थियो । तर आज भने विभागले भत्काएको सडक पुरेको हो ।

प्रकाशित मिति: Jun 3, 2024

प्रतिक्रिया दिनुहोस्