Logo
७ आश्विन २०८१, सोमबार
(June 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुवन केसी र साई पल्लवीको ‘कफी-डेट’ : नेपाल घुम्न आउँदैछिन् साउथ स्टार

काठमाडौं । अभिनेता भुवन केसी एक भारतीय अवार्ड समारोहका लागि मुम्बईमा थिए । साउथ स्टार साई पल्लवी पनि मुम्बईमा थिइन् । उक्त अवार्ड समारोहमा भुवन र साईबीच केही घण्टा लामो ‘कफी डेट’ भएको छ ।

यी दुई कलाकारले मुम्बईको एक रेस्टुरेन्टमा क्याजुअल गफगाफमा केही घण्टा बिताए । भुवनले दिएको जानकारीअनुसार साईसँगको उक्त भेटमा एकअर्काको फिल्म उद्योगलाई बुझ्ने कुरा, कलाकार र फिल्म उद्योगबीच सहकार्यको सम्भावनाबारे कुराकानी भएको छ ।

आफू र नेपाली फिल्म उद्योगबारे अभिनेत्री साईलाई जानकारी रहेको र उनले नेपाली फिल्म हेर्ने इच्छा व्यक्त गरेको समेत भुवनले बताए । आफूहरुबीच दक्षिण भारतीय फिल्म र नेपाली फिल्म क्षेत्रबीच विशेषगरी कलाकारिता क्षेत्रमा सहकार्य गर्ने समेत चर्चा भएको भुवनले जनाए ।

भुवनका अनुसार अभिनेत्री साई चार महिनापछि नेपाल घुम्न आउने तयारीमा छिन् । उक्त भेटमा साईले अघिल्लो पटकको नेपाल भ्रमणबारे अनुभव सेयर गरेकी थिइन् । नेपालको सौन्दर्यको प्रशंसा गर्दै साईले आफू पुनः नेपाल घुम्न आउन लागेको जानकारी भुवनलाई दिएकी थिइन् ।

कामको कुरा गर्दा साई यतिबेला रणवीर कपुरसँगको उनको फिल्म ‘रामायण’को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनले माता सीताको भूमिका निर्वाह गरिरहेकी छन् । ८३५ भारु बजेटमा बन्ने ‘रामायण’ अहिलेसम्मकै महंगो भारतीय फिल्म हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 3, 2024

प्रतिक्रिया दिनुहोस्