Logo
१४ माघ २०८१, सोमबार
(June 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेटफ्लिक्सले ‘हीरामण्डी’ को दोस्रो सिजन ल्याउने, यस्तो हुनेछ कथासार !

काठमाडौं । विश्वव्यापी रुचाइएको सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने पक्का भएको छ । भेराइटीका अनुसार नयाँ श्रृंखला ल्याउनेबारे नेटफ्लिक्सले निर्मातासँग सम्झौता गरेको छ ।

मे १ मा स्ट्रिमिङ भएको यो श्रृंखलाले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड रचेको थियो । यति मात्रै होइन, यो सिरिजले नेटफ्लिक्समा अहिलेसम्म धेरै हेरिने हिन्दी सिरिजको कीर्तिमान समेत राखेको थियो ।

रिलिज भएयता यो श्रृंखला नेटफ्लिक्स प्लाटफर्ममा भारतीय तालिकाको शीर्षस्थानमा रहँदै आएको छ । सन् १९२० देखि १९४७ सम्म भारत र पाकिस्तानमा विभाजन हुनुपर्व उपमहाद्वीपमा बेलायतको उपनिवेशको कालखण्डको कथा यसमा चित्रण छ ।

यो सिरिज तत्कालीन ब्रिटिस भारतस्थित लाहोरको हीरामण्डीमा सेट गरिएको छ, जतिबेला त्यतिबेला राजशाही यौनकर्मीले स्वतन्त्रताको लागि लडाइँ पनि लडेका थिए ।

सिरिजको केन्द्रमा षड्यन्त्रकारी रानी मल्लिकाजान (मनीषा कोइराला) र उनकी महत्वाकांक्षी भान्जी फरिदान (सोनाक्षी सिन्हा) छन् । सिजन १ को छायांकन सक्न तीन वर्ष लागेको थियो ।

‘श्रृंखला बनाउन धेरै समय लाग्छ । यसले धेरै समय लिएको छ । गंगुबाई कठियाबाडीपछि मैले विना ब्रेक काम गरेको छु । त्यसैले सिरिजमा जिम्मेवारी ठूलो छ,’ भन्सालीले भेराइटीसँग भने ।

‘हीरामण्डी २’ मा महिला लाहोरबाट फिल्मी दुनियाँमा आएका छन् । उनीहरू विभाजनपछि लाहोर छोड्छन् र उनीहरूमध्ये अधिकांश मुम्बई फिल्म उद्योग वा कोलकाता फिल्म उद्योगमा बस्छन् ।’

‘त्यसैले बजारमा त्यो यात्रा उस्तै रहन्छ । उनीहरूले अझै नाच्न र गाउनैपर्छ, तर यस पटक नवाबका लागि होइन निर्माताका लागि । यहीअनुसार हामीले दोस्रो सिजनको तयारी गरिरहेका छौं, हेरौं यो कहाँ जान्छ,’ भन्सालीले भने ।

सिजन २ को घोषणा मुम्बईको कार्टर रोडमा गरिएको थियो, जहाँ अनारकलिस भनिने चम्किलो परम्परागत भारतीय गाउन र घुंगरुलगाएर सजिएका १०० नर्तकको फ्ल्यास भीडले प्रस्तुति समेत दिएको थियो ।

नेटफ्लिक्स इन्डियाकी उपनिर्देशक मोनिका शेरगिलले भनिन्, ‘सञ्जयलीला भन्सालीले ‘हीरामण्डी : द डायमण्ड बजार’लाई जीवन्त बनाउनका लागि निकै मेहनतपूर्वक जादू बुनेका छन् । हामी सिजन २ सँगै फर्कनेछौं भन्ने कुरा सार्वजनिक गर्न पाउँदा मलाई रोमाञ्चित महसुस भएको छ ।’

प्रकाशित मिति: Jun 3, 2024

प्रतिक्रिया दिनुहोस्