पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि तनाव
२१ जेठ, काठमाडौं । न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ ।
काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो ।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।