Logo
७ आश्विन २०८१, सोमबार
(May 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘छक्कापञ्जा ५’को छायांकन आजदेखि, वर्षा सिवाकोटी शीर्ष अभिनेत्री

काठमाडौं । ‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् ।

जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ । शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा पनि फिल्ममा छन् ।

पोस्टर हेर्दा दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ । राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई विहे गरेको देखिन्छ । माग्ने बुढा छेउमा उभिएका छन् ।

अन्य कलाकारबारे खुलाइएको छैन । दीपाश्रीले निर्देशन गर्ने यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले  जानकारी दिए ।

काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।

प्रकाशित मिति: May 30, 2024

प्रतिक्रिया दिनुहोस्