Logo
७ आश्विन २०८१, सोमबार
(May 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत, अर्थतन्त्र सकारात्मक दिशामा रहेको अर्थमन्त्रीको दाबी

१३ जेठ, काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ संसदमा प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसको विरोधका बीच सरकारले चालु आर्थिक वर्ष (आव) को अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेको हो ।

सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।

उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको संकुचनबीच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले बताए ।

उनले चालु आवमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको उनले बताए ।

प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने उनले बताए । फागुनसम्म मुद्रास्फीति ६.०८ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: May 26, 2024

प्रतिक्रिया दिनुहोस्