Logo
२३ भाद्र २०८१, आईतबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले संसदमा उठायो कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीको विषय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय संसद बैठकमा उठाएको छ।

मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद बद्री पाण्डेलाई बोल्न समय दिए।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद पाण्डेले सहकारी बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका थिए।

साथै उनले कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीबारे कुरा पनि उठाएका छन्।

‘अहिले भर्खरै सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको सुनेको छु। कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ, तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहँदैन त्यो पनि म दोहोर्‍याउन चाहन्छु।’

धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्