प्रमुख सचेतकहरुसँग सभामुखको छलफल जारी
८ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल जारी छ ।
प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । छलफल नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ ।
दलहरुबीचको छलफल लम्बिएका कारण प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन । बिहान ११ बजे बोलाइएको थियो । तर, झण्डै एक घण्टासम्म बैठक शुरु हुन सकेको छैन ।