Logo
६ आश्विन २०८१, आईतबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा भइरहेका घटनाहरू सुखद् छैनन् : माधव नेपाल

८ जेठ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दुv;द भएको बताएका छन् ।
जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए ।

‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ,’ उनले भने ।

नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।

यद्यपि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल केन्द्रमा विपक्षी गठबन्धनमा गएपनि अल्पमत मधेश सरकारमा एकीकृत समाजवादी छँदै छ । यसबारे भने नेपालले केही बताएनन् ।

 

 

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्