Logo
६ आश्विन २०८१, आईतबार
(May 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्यादा पालकको सुरक्षा घेराबीच प्रतिनिधि सभाको बैठक (तस्बिरहरू)

प्रतिनिधि सभाको बैठक मर्यादा पालकको घेराबीच सुरू भएको छ।

सोमबार संघीय संसद भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठक अवरोध गरिरहेको छ।

बैठकमा प्रतिपक्षीले नाराबाजी जारी राखे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत माग गर्नका लागि समय दिएका हुन्। पहिलो पटक समय दिँदा अवरोध हुँदा सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि बसेको बैठकमा मर्यादा पालकहरूले प्रतिपक्षी दलहरूलाई घेरेका हुन्। मर्यादापालकको सुरक्षाबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग गरे। त्यसपछि नेकपा एमालेका सा‌ंसद विष्णु पौडेलले पनि सुरक्षाकै बीचमा रोष्टममा पुगेर प्रधानमन्त्रीको पक्षमा मत रहेको बताएका थिए।

तस्बिरहरू:

प्रकाशित मिति: May 20, 2024

प्रतिक्रिया दिनुहोस्