Logo
२३ भाद्र २०८१, आईतबार
(May 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेतृत्व विकाससम्बन्धि प्रशिक्षण हुने

काठमाडौं । काठमाडौंमा नेतृत्व विकास सम्बन्धि तालिम संचालन हुने भएको छ ।

उद्यमशीलतामा लागेकाहरु क्षमता अभिवृद्धिका लागि आगामी जेठ ९ देखि १६ गतेसम्म तारा ग्लोबल प्रालिको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

व्यावसायिक रुपमा विकास गर्न सो तालिमले महत्वपूर्ण भूमिका खेल्ने आयोजककाे भनाइ छ।

विभिन्न विजनेश कलेज, कर्पोरेट हाउसहरुसँग मिलेर उक्त प्रशिक्षण दिन लागिएका र तालिममा करिब सय जनाको सहभागीता हुने अपेक्षा गरिएको छ ।

मुख्य प्रशिक्षक भारतमा ख्यातिप्राप्त डा. प्रोफेसनल एसडी जितेन्द्र रहनेछन । तालिममा सहभागी हुनेहरुका लागि अहिले आवेदन खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2024

प्रतिक्रिया दिनुहोस्