दुई वर्षभित्र खोरेत रोग उन्मूलन घोषणा
१ जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेस गरेको सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत खोरेत रोग उन्मूलन गर्ने घोषणा गरिएको हो ।
यस्तै पौडेलले निजी क्षेत्रको सहकार्यमा स्थानीय तहमा पशु अस्पताल निर्माण र सञ्चालन गर्ने बताएका छन् ।
हिमाली क्षेत्रको पशुपालन र जडीबुटीको ठूलो फार्म सञ्चालन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’ ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।