Logo
६ आश्विन २०८१, आईतबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा गोली हानेर प्रहरीले लागूऔषध कारोबारीलाई समात्यो

२८ वैशाख, काठमाडौं । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले  बताए ।

उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको एसएसपी थपलियाले बताए ।

हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्