Logo
६ आश्विन २०८१, आईतबार
(May 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबिना अवरोध प्रस्तुत हुने बताएका छन् ।

जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

संसदीय समिति गठन नभएको भन्दै कांग्रेसले संसद अधिवेशन सुरू भएको दिन पनि अवरोध गरेको थियो। संसदीय समिति गठन नगरे सदन अवरोध कायमै रहने कांग्रेस नेताहरूले बताउँदै आएका छन्।

प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग गम्भीरतापूर्वक छलफल गरिएको बताए।

सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण सोमबार बेलुकीसम्म बन्ने उनको विश्वास छ।

‘मैले गम्भिरतापूर्वक नै आज प्रमुख प्रतिपक्षसँग छलफल गरेको छु। निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ,’ आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालसँगको भेटपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सकारात्मक नै रहेको प्रतिक्रिया दिएका छन्।

 

 

प्रकाशित मिति: May 12, 2024

प्रतिक्रिया दिनुहोस्