Logo
२ मंसिर २०८१, आईतबार
(May 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले प्रमुख दलसँग छलफल गर्दै

३० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका नेताहरुसँग छलफल गर्दैछन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल राखिएको छ । छलफलमा कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ ।

 

प्रकाशित मिति: May 12, 2024

प्रतिक्रिया दिनुहोस्